मिडिया विधेयकमा देखिएका विवादित कुरा सच्याइन्छ: नेता गौतम

आइतवार, जेष्ठ १२, २०७६



बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य वामदेव गौतमले संसदमा पेश भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका विवादीत कुरा सच्याइने बताएका छन् ।

आईतबार गृह जिल्ला बर्दियामा नेकपा जिल्ला कमिटीलाई शपथ खुवाउन पुगेका नेता गौतमले पत्रकारहरुले चाहे जस्तै विधेयक आउने बताएका हुन् । उनले मिडिया विधेयकका सन्दर्भमा पार्टी भित्रबाटै सच्याउनु पर्ने आवाज उठिरहेको बताउँदै पत्रकारहरुले चाहे जस्तै विधेयक आउने बताएका हुन् । पत्रकारलाई इंगित गर्दै नेता गौतमले भने, मन्त्रीले नै परिमार्जन गर्ने उद्घोष गरिसकेकाले विधेयकमा रहेका विवादित विषय वस्तु परिमार्जित हुन्छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका लागि सांसदले रकम माग गर्दै आएको सन्दर्भमा नेता गौतमले भने, निर्वाचन क्षेत्रमा पहिलेनै तय गरिसकेका, डीपीआर तयार भएका  आयोजनाहरु केन्द्र र प्रदेश सरकारले प्राथमिकताको आधारमा पूरा गर्ने जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata