कैलालीमा बम विस्फोट

शनिबार, बैशाख २२, २०७५



धनगढी
कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक शनिबार बम विस्फोट भएको छ ।

विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताएका छन।

यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम जस्तो शंकास्पद बस्तु नक्कली बम लाई नेपाली सेनाले आज ‘डिस्पोज‘ गरेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि नगरबासीमा सन्त्रास फैलिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको भनिएको बन्दका क्रममा यी घटना भएका हुन् ।
शुक्रबार साँझ धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने विप्लव नेतृत्वको माओवादी समर्थित मनु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बन्दका कारण यातायात, उद्योग व्यवसाय ठप्प रही जनजीवन प्रभावित भएको छ ।

77 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank