बम विस्फोट

आइतवार, बैशाख ३०, २०७५



पाल्पा ।
पाल्पामा आईतबार बिहानै बम विस्फोट भएको छ ।
सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन् ।
विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताए। नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उनको अनुमान छ ।
यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् । शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन् ।

73 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank