तीन दिन पर धकेलियो एमाले माओवादी बैठक

बिहिबार, चैत्र २९, २०७४



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको छलफल कम्तिमा तीन दिन रोकिएको छ । अब नयाँ बर्षसँगै नयाँ ढंगले पार्टी एकतामा छलफल हुनेछ । एकता संयोजन समितिको बैठक अब बैशाख २ गतेमात्रै बस्ने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकल प्रचण्डबीच बैशाख २ गते बैठक गर्ने र त्यही बैठकबाट सबै विवाद टुङ्गो लगाउने सहमति भएको छ ।

बुधबार नै बैठक तय गरिएपनि अन्तिम समयमा रोकिएको थियो । यो बिचमा दुईपटक बैठक सरि सकेको छ । ‘अबको बैठक निकै लामो चल्छ र विवादका विषय किनारा लगाउनुपर्नेछ’ एक नेताले भने ‘आज र भोलि नेताहरुको व्यवस्थाले बैठक गर्न नसकिने जस्तो देखियो अब एकै पटक २ गते बस्छ ।’  बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड रारा जाने कार्यक्रम छ ।

211 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank