किन् बसेन एकता संयोजन समितिको बैठक ?

बुधबार, चैत्र २८, २०७४



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकताका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ । कार्यदलको प्रतिवेदनमाथि थप छलफल गरी निष्कर्षमा पुग्न बैठक बुधबार साँझका लागि बैठक बोलाइएको थियो ।

कार्यदलमा सहमति जुट्न नसकेका चुनाव चिह्न, जनयुद्द शब्द लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको थियो । नेताहरूको व्यस्तताले बैठक बस्न नसकेको प्रधानमन्त्रीका एक सहयोगीले बताए । प्रधानमन्त्री केपी ओली माथिल्लो तामाकोशी आयोजना निरीक्षण गर्न दोलखा पुगेका थिए भने राजधानी फर्केलगत्तै नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा प्रमुख अतिथि बनेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रम र पार्टीको आन्तरिक कार्यक्रममा ब्यस्त बनेका थिए । कार्यदल सदस्य एमाले नेता माधवकुमार नेपाल पनि बुधबार मात्रै चीनबाट फर्केका थिए ।  गत चैत २२ गते बसेको समितिको बैठकले आगामी ९ वैशाखमा पार्टी एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको थियो । तर, आवश्यक तयारी भने भइनसकेको नेताहरूले बताएका छन् ।

469 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank