प्रधानमन्त्री ओली भारत जानुअघि नै पार्टी एकता

आइतवार, चैत्र ११, २०७४



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई  छिट्टै  मूर्त रुप दिन दुई पार्टीले गृहकार्य थालेका छन् ।  प्रधानमन्त्री एवम्  एमाले अध्यक्ष  केपी शर्मा ओलीले भारत भ्रमण अगाडि नै एकता प्रक्रियालाई टुंग्याउन अग्रसर भएपछि पार्टी एकीकरण छिट्टै हुन लागेको हो ।

पार्टी एकता संयोजन समितीका सदस्यहरु मन्त्री भएपछि एकता प्रक्रिया ढिलासुस्ती भएको अालाेचना  भइरहेका बेला ओलीको पार्टी एकता चाडै निश्कर्षमा पुर्याउने आन्तरिक तयारी तीव्रताका साथ अघि बढीरहेको एकता संयोजन समितीका एक सदस्यले बताए ।  यहि चैत्र २३ देखि २५ गतेसम्म आफ्नो भारत भ्रमणको मिति तय भएकोले त्यस अगाडि नै एकता प्रक्रियालाई मूर्त रुप दिन पार्टी एकता गर्नु पर्ने ओलीको धारणा रहेको छ ।

ओलीले चैत २३ गतेसम्ममा पार्टी एकता गर्ने प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेका छन् । दुई अध्यक्षबीच भएको भेटवार्तामा कार्यदलको तयारी र समयले भ्याउने देखिएमा छिटो टुंग्याएर जान सकिने विषयमा छलफल भएको छ । यसबारे दुवै नेताले अन्तरिम विधान र अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन गठित दुई छुट्टाछुट्टै कार्यदलले गरिरहेको तयारीको विषयमा जानकारी समते लिइसकेका छन् । कार्यदलको काम करिब अन्तिम चरणमा रहेकाले द्रुत गतिमा काम अगाडि बढाएर भए पनि भारत भ्रमण अगाडि नै पार्टी एकता गर्न दुवै नेता सहमत भएका हुन् ।

छलफलमा आइतबार र सोमबारभित्र कार्यदललाई आफ्नो काम सक्न निर्देशन दिएको छ । १४ गतेभित्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने र एकतासम्बन्धी ठोस निर्णय लिने तयारी छ । यस्तै चैत १५ मा एकता संयोजन समितिले लिएका निर्णयका आधारमा दुवै पार्टीले आन्तरिक तयारी गर्ने र चैत २३ भित्रै पार्टी एकता गर्ने गरी गृहकार्य अगाडि बढाइएको छ ।

अन्तरिम विधान तथा संगठनात्मक कार्यविधि र अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले फागुन ७ मा छुट्टाछुट्टै दुई कार्यदल गठन गरेको थियो ।

211 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank