राष्ट्रिय सभा र प्रदेश सभाबारे साझा धारणा बनाउदै वाम कार्यदल

आइतवार, पुस ३०, २०७४



काठमाडौँ, राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार चयन, प्रदेशसभा गठन लगायत विषयमा छलफल गर्न बाम एकता कार्यदलको बैठक बस्दैछ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा दिउँसो तीन बजेपछि बैठक बस्ने कार्यदल सदस्य एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

बैठकले राष्ट्रियसभा निर्वाचन र प्रदेश सभाबारे साझा धारणा बनाउने उनले जनाए । शनिबार कार्यदल दलहरुले पार्टीमा आन्तरिक छलफल गरेका थिए । पार्टीगत रुपमा राष्ट्रिय सभा सांसद संख्या तोक्ने र कुन प्रदेशमा कुन पार्टीबाट मुख्यमन्त्रीको उम्मेदवार बनाउने भन्ने विषयमा कार्यदलले निर्णय लिनेछ ।

कार्यदल निर्णयमा पुगेपछि एकता संयोजन समितिको बैठक प्रतिवेदन पेश गर्नेछ । संयोजन समितिको बैठक एमाले अध्यक्ष केपी ओली स्वदेश फर्केपछि बस्नेछ । उपचारका लागि बैंककमा रहेका ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

155 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank