ओली भ्रमणलाई नयाँ बनाउने कसरतमा, रोग पुरानै

बुधबार, चैत्र २१, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटको भारत भ्रमणलाई नयाँ बनाउने तयारी गरेका छन् । एजेण्डा नयाँ नभएपनि सन्देश नयाँ प्रभाव कसरी गर्न सकिन्छ ? भन्नेमा उनले छलफल सुरु गरेका छन् । आज उहाँले पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै छन् । पर्सिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा छलफल गर्न आज बिहान पूर्व प्रधानमन्त्रीलाई बालुवाटारमा बोलाएका छन् ।

छलफलमा यसअघि भारत भ्रमणमा गएका प्रधानमन्त्रीको अनुभव र अब सरकारले उठाउने एजेण्डाका विषयमा सुझाव मागिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली पर्सिदेखि तीन दिने भ्रमणको लागि भारत जाँदै हुनुहुन्छ ।े शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने बताइसकेका छन् । ब्यापार,जलस्रोत, सडक मुख्य एजेण्डा तय गरिएको छ । पानी उपयोग र आपसी व्यापार सम्बन्धी विभिन्न कालखण्डमा भएका सन्धि सम्झौता पनि हरेक भ्रमण र भेटवार्ताका मसला एउटै भएपनि टुंगोमा कहिल्यै पुगेका छैनन ।

१९५० को सन्धि भएकै दिनदेखि विवादित छ । प्रभावकारी संयन्त्रमार्फत यसलाइ टुंगो लगाउन अझै सकिएको छैन । हरेक प्रधानमन्त्रीले भ्रमण नयाँ बनाउने प्रयास गरेपनि कार्यान्वयनमा एक पाइला अघि बढेको छैन । ओली क्रममा पनि यसपटक नयाँ हुने कमै देखिन्छ ।

209 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank