बालुवाटार जग्गा प्रकरण: तीन थपिए, गुरुङ र पौडेल छुटे !

बिहिबार, असार १२, २०७६



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरण सम्बन्धमा थप तीन जनालाई बयानको निम्ति बोलाएको छ । गत असार ११ गते बालुवाटार जग्गा प्रकरणको बारेमा ८६ जनालाई बयानको लागि बोलाउने सूची सार्वजनिक गरेको अख्तियारले आज थप तीन जनाको नाम सार्वजनिक गरेको हो ।

पूर्वसचिव शारदा प्रसाद त्रितालको आयोगले ‘भूमाफिया’ किटान गरिएका मुख्य अभियुक्त सोभाकान्त ढकाल र रामकुमार सुवेदी सहित हुपेन्द्रमणि केसीलाई आयोगले बयानको निम्ति ७ दिनको समय दिएको हो । डिल्लीबजार मालपोत कार्यलयका लेखापढी व्यवसायी राम कुमार सुवेदी र आयुर्वेदका चिकित्सक शोभाकान्त ढकालले २ सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा हडप्न  सफल भएका थिए ।

विगतमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अख्तियार प्रवेश गराएका हुपेन्द्रमणि केसीले वर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्द्म अर्याललाई प्रभावमा पार्न सफल भएको आशंका गरिएको थियो । बालुवाटार जग्गा प्रकरण पछी अर्यालले केसीलाई हटाउन बाध्य भएसँगै जग्गा अनिमियतता काण्डमा अख्तियारले अनुसन्धानको गति बढाएको छ । सरकारी जग्गा हात पार्ने नेकपा महासचिव विष्णु पौडेलका पुत्र नविन पौडेल र भाटभटेनी डिपार्टमेन्टल स्टोर्स  संचालक एवम व्यवसायी मीनबहादुर गुरुङको नाम भने पछिल्लो सूचीमा पनि छुटेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata