बालुवाटारमा प्रचण्डको रणनीतिक छलफल, बालकोटमा ओलीले बोलाए बैठक

चुनाव एक रणनीति फरक

सोमवार, बैशाख ११, २०७४



स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयसँगै राजनीति नयाँ मोडतिर गएको छ । सरकार बजेट, निर्वाचन प्रक्रियालाई तालमेल मिलाउने कसरतमा लागेको छ भने प्रमुख प्रतिपक्ष दल सरकार मधेसी मोर्चाबीच भएको सहमति हेरेर बजेट अघि निर्वाचन सार्ने दवावमुलक अभियान चलाउने रणनीतिमा लागेको । निर्वाचन आयोगले पनि स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयलाई लिएर केही विषयमा स्पष्टता खोजेको छ । सरकारले आयोगलाई प्रष्ट पार्न र आयोगको धारणा बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान मधेसी मोर्चा र आयोगसहितको सयुक्त बैठक बोलाएका छन् ।

बिहानको छलफलमा आयोगले गर्न नमिल्ने बताएको र मोर्चाले गर्नैपर्छ भनेका केही विषयमा प्रष्टता खोजिनेछ । आयोगले मतपत्र, मतदाता नामावली, मतगणना, स्थानीय तहको संख्या थपघट, आगामी आर्थिक वर्षको बजेट जस्ता विषयमा सरकारको धारणा मागेको हो । आयोगले तयार पारिसकेको मतपत्र, मतदाता नामावली जस्ता विषय चलाइएन भने मात्रै दुई चरणको निर्वाचन सहज हुने बताएको छ । मधेसी मोर्चामा रहेका ६ दलले एकतापछि राष्ट्रिय जनता पार्टी दर्ता हुनुपर्ने र त्यसकै चुनाव चिन्ह दिनुपर्ने बताएका छन् । आयोगले नमिल्ने बताएको छ । मधेसी मोर्चामा आबद्ध ६ दल एक भएर बनेको राजपा स्थानीय चुनावमा नयाँ नाम र नयाँ चिह्नबाटै निर्वाचनमा जान खोजेको छ । ती विषयमा स्पष्ट हुन प्रधानमन्त्री दाहालले राजपा र फोरमका नेताहरूको उपस्थितिमा आयोग पदाधिकारीसँग छलफल डाकेका हुन् ।

बालकोटमा एमाले बैठक
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि रणनीति छलफलमा जुटेको छ । दोस्रो चरणको निर्वाचनलाई बजेटभन्दा अगाडी ल्याउने वा बजेट सार्ने भन्नेमा पनि एमालेले धारणा बनाउनेछ । सरकार र मधेसी मोर्चामा रहेका दलहरुबीच भएको सहमतिलाई विफल बनाउनेगरि एमालेले रणनीति बनाउँदैछ । अध्यक्ष केपी शर्मा ओली निवास स्थायी समिति बैठक बोलाइएको छ ।निर्वाचन आयोगलाई साक्षि राखेर मधेसी मोर्चाका नेतालाई बस्दै प्रचण्ड, बालुवाटारमा रणनीति बैठक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments