बलु हत्यामा संलग्न सुटर पक्राउ

बुधबार, चैत्र २१, २०७४



रुपन्देही । रुपन्देहीको देवदहका फर्निचर ब्यवसायी बलु पौडेल हत्यामा संलग्न सुटर पक्राउ परेका छन् । बलुको हत्याामा संगलग्न भएको अभियोगमा सुवास गुरुङ पक्राउ परेका छन् ।

मंगलबार पोखराबाट पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार सार्वजनिक गरेको छ । २१ वर्षीय विवेक भनिने सुवास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएका थिए । उनको स्थायी घर लमजुङ बाङ्ग्रे गांउपालिका ५ भोर्लेटार हो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार गुरुङले पैसाको लोभमा बलुलाईर् गोली हानेको बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देृहीले जनाएको छ ।

पौडेल हत्यामा संलग्न दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

104 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank