भाषाशास्त्री पोखरेलको मृत्यु

आइतवार, फाल्गुन १२, २०७५



विराटनगर ।  वरिष्ठ भाषाशास्त्री एवम साहित्यकार प्रा. बालकृष्ण पोखरेलको आज राती १:३० बजे विराटनगरको नोबेल अस्पतालमा निधन भएको छ ।
एक महिनाअघि अचानक मस्तिष्काघात भएपछि उहाँलाई कहिले भारतको सिलिगुडी, कहिले काठमाडौँ, कहिले विराटनगरको अस्पतालमा उपचार गराइरहेका थिए |
लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका प्राध्यापक पोखरेललाई भारतको सिक्किममा आफ्नी छोरीका घर गएका बेला गत माघ ६ गते मस्तिष्काघात भएको थियो ।
भाषाविज्ञानका अतिरिक्त उहाँले कथा, उपन्यास, समालोचना, काव्य आदिबाट नेपाली साहित्यको जीवनभर सेवा गर्नु भयो | वसन्त, वत्सल, केकेमन्युक्चो पोखरेल, गढ़तिरे साहिँलो, हिमालपाने बराल आदि विभिन्न नामद्वारा पनि आफ्नो लेखनलाई अगाडी बढाइरहेका पोखरेलको उमेर ८५ वर्षको थियो |

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata