हजुरको सरकारले ल्याएको विधेयक वैचारिक स्वतन्त्रता कुण्ठित गर्ने खालको छ : बालकृष्ण खाँड

मङ्लबार, बैशाख ३१, २०७६



काठमाडौं । प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बालकृष्ण खाँडले मिडिया काउन्सिल  सम्बन्धी विधेयक वैचारिक स्वतन्त्रता विरुद्ध रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै खाँडले भने, “मेरो सरकार भन्दा पनि हजुरको सरकारले ल्याएको प्रेस सम्बन्धी विधेयक फिर्ता लिन आग्रह गर्दछु । हजुरकाे सरकारद्वारा प्रस्तावीत प्रेस सम्बन्धी विधेयकले नेपालको संविधानले दिएको हक अधिकार कुण्ठित गर्न लागेको छ । म उक्त विधेयक  फिर्ता लिन अनुराेध गर्दछु।”

सभासद खाँडले संविधान सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानमन्त्रीलाई हजुरको सरकारले संविधानकाे अध्ययन गराेस भनेका हुन् । साथै वैचारिक स्वतन्त्रताकाे सम्मान गर्न सिकाेस पनि भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata