जातिय हिंसा सम्बन्धीको वृतचित्र ‘बालकृष्ण सम’ प्रदर्शन गरिदै

शुक्रबार, बैशाख १३, २०७६



काठमाडौं । समाजमा विधमान जातिय हिंसा सम्बन्धी वृत चित्र सम प्रदर्शन हुने भएको छ । विश्व २१ औं सताव्दीमा आइपुग्दा समेत जातीय विभेदले अझै जरा गाढेको भन्दै वृतचित्र ‘बालकृष्ण सम’  प्रदर्शन गर्न लागिएको हो ।

नेपालको संविधानले छुवाछुतको अन्त्य मौलिक हकमा कायम गरेको भए पनि समाजमा पूर्ण रुपमा त्यसको अन्त्य नभएको भन्दै ल्यानकाउ नेपाल नामक गैरसरकारी संस्थाको अगुवाईमा वृतचित्र प्रदर्शन गर्न लागिएको हो । सूदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छायाङकन गरिएको वृत चित्रमा जातिय छुवाछुत, सार्वजनिक क्षेत्रमा दलित भएर हेपिनु परेको पीडा र उपल्लो जातीले दिने पीडालाई समेटेकाे छ ।

ल्यानकाउ नेपाले सन २०१३ सालमा निर्माण गरेको उक्त वृतचित्रले समाजको धरातललाई चित्रण गरेको ल्यानकाउका कार्यकारी निर्देशक आकाश  वागचन्दले जनाए । वृतचित्र नेपाल ल क्याम्पसमा आइतबार प्रदर्शन गरिने कानून संकाय एलएलबी प्रथम वर्षमा अध्ययनरत छात्र भरत जोशीले बताए । वृतचित्रले समाजमा विधमान जातीय हिंसाको अन्य गर्न मद्धत पुग्ने भएकाले सबैले एक पटक हेर्नै पर्नेमा एलएलबी प्रथम वर्षमा अध्ययनरत छात्रा पविना जोशीले जनाएकी छिन् ।

वृत चित्र सूदूरपश्चिममा निर्माण गरिएको भए पनि यसले समग्र राज्यमा देखा परेको घटना परिवेशलाई समेटेको छात्रा ललिता थारुको भनाई रहेको छ । पहिले जस्तो जातीय हिंसाको रुप विकराल नभए पनि दुरदराजका वस्तीमा अज्ञानताका कारण अझै पनि छिटफुट रुपमा देखा परेकाले यसलाई दुरदाजमा सम्म पुर्याउनु पर्नेमा विएलएलवी पाँचौ वर्षमा अध्ययनरत छात्र गंगागदत्त जोशीले बताए । ल्यानकाउ नेपालले विगत देखी सामाजिक अभियानका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank