१२ वर्षिया बालिका बलात्कारको आरोपमा किशोर पक्राउ

आइतवार, अशोज २६, २०७६



कैलाली । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा १४ वर्षीय एक किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ की १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा किशोर उत्तरवेहडीबाट  पक्राउ परेका हुन् ।

गएराति ९ बजे ठूली आमाको घरमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएका छन् ।

आफन्तले खबर गरेपछि १४ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata