सुरक्षा घेरामा इद मनाउँदै छन् कश्मीरबासी

"लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द"

सोमवार, साउन २७, २०७६



एजेन्सी । भारतले अनुच्छेद ३७० खारेज गरेसँगै जम्मु-कश्मीरको अवस्थालाई लिएर संसारभरका मानिसहरुको चासो बढिरहेको छ ।  आज सोमबार इद भएकोले प्रशासनले केही इलाकामा आंशिक रुपमा कर्फयु हटाएको छ ।

भारत प्रशासित काश्मीरमा रहेका बीबीसी संवाददाता आमिर पीरजादाले बताएअनुसार कर्फयु हटाइएपछि सडकमा सामान्य हलचल देखिएको समाचारमा जनाइएको छ ।

उनका अनुसार सोमबार बकर इद मनाउने तयारी भइरहेको छ । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो  ।

बकर इदको अवसर पारेर जम्मु-कश्मीरका सबैजसो मानिसहरु सर-सामान खरिदका लागि बाहिर निस्केका छन् । आइतबार लगभग १२ बजेतिर सडकमा सवारी साधनको आवतजावत बढेको थियो । कुनै स्थानमा त ट्राफिक जाम पनि देखिएको थियो ।

आइतबार १२ बजेपछि भने प्रशासनले फेरि हिँडडुलमा निषेध गरिएको थियो । सुरक्षाबलले कडाइ गरेपछि हिडडुल पनि कम भएको थियो । यस क्षेत्रमा मोबाइल र इन्टरनेट भने अझै बन्द रहेको छ ।

बकर इद:

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ ।

यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।

ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन “अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द” र यसको नेपाली अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्” भन्ने बुझिन्छ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई अाफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata