हतियार सहित पक्राउ परेका तरुण नगरसभापतिको रिहाईकाे माग गर्दै बाँके बन्द

शुक्रबार, कार्तिक २९, २०७६



बाँके  ।  हतियारसहित पक्राउ परेका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहको रिहाईको माग गर्दै नेपाल तरुण दल बाँकेले आज बन्दको आव्हान गरेको छ । बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ ।

सार्वजनिक यातायात, शिक्षण संस्था, कलकारखाना, व्यापार व्यावसाय प्रभावित भएका छन् । तरुणदलका कार्यकर्ताले बिहानैदेखि नेपालगन्जको विपिचौक, धम्बोझीचौक, पुष्पलालचौक, कोहलुर चौराहमा प्रदर्शन गरेका छन् ।

तरुण दल बाँकेले प्रहरीले नगरसभापति शाहलगायत आफ्ना कार्यकर्तालाई अनाहकमा दुःख दिएको भन्दै केही दिन देखि चरणबद्ध आन्दोलन गर्दै आएको छ । बाँके प्रहरीले तरुणदल नेपालगन्ज सभापति शाहलाई गत कात्तिक १४ गते साँझ नेपालगन्ज–२० मा रहेको नमस्ते भिलेज रेस्टूरेन्टबाट अमेरिकन पेस्तोल र त्यसको २ थान गोलीसहित पक्राउ गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata