बाजुराको डाब बजारमा शंकास्पद वस्तु भेटीयो, जिल्ला प्रहरी घटनास्थल तर्फ जाँदै

बिहिबार, फाल्गुन ३०, २०७५



बाजुरा । बाजुरा जिल्लाको बुढीगगा नगरपालिका मा पर्ने डाब बजारमा शंकास्पद वस्तु भेटीएको छ । नेकपा ‘विप्लव’ले आज(बिहिबार) नेपाल बन्दको घोषणा गरेलगत्तै देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएका छन् ।

बन्दमा त्रास देखाउँनका लागि उक्त वस्तु सडकमा राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धप सिंह भाटले बताए। ‘कपडामा बेरेको बम जस्तो देखीने सामान सडको बिचमा राखेको भन्ने खबर छ। म आफै घटना स्थलमा जाँदै छु। बाटोमा पुगेको छु। जिल्लाका अरु ठाउँमा भने अहिले सम्म केही भेटीएको छैन।’ प्रहरी नायब उपरीक्षक भाटले बताए।

आज बिहान सदरमुकामबाट छुट्ने छोटो दुरीका र लामो दुरीका यातायात संचालन भएका छैनन्। बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी प्रभावित भएको छ। बन्दका कारण नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन नछुटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदार रजौलेले बिहान यातायातका साधन नछुटेपनि रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाइरहेको जानकारी दिए। यस्तै बिहान सञचालन हुने अधिकांश क्याम्पस पनि नचलेको प्रहरीले जनाएको छ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपनि नेपाल बन्दको घोषणा गरिएको हो। बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata