बझाङमा खाद्यान्न बोकेको जीप दुर्घटना

शनिबार, बैशाख २०, २०७७



बझाङ । बझाङको दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट खाद्यान्न लिएर शाखा सडक चौधारीतर्फ गइरहेको से १ ज ७५८ नम्बरको जीप दुर्घटनामा परेको छ ।

४ क्विन्टल गहुँ र तरकारी बोकेर चौधारीतर्फ गइरहेको जीप सडकबाट २५ करिब मिटर तल खसेको छ । दुर्घटनामा कुनै मानविय क्षति भने नभएको बताइएको छ ।

पछिल्लो समय मोरीबगर चौधारी शाखा सडक स्तरउन्नती गर्ने काम भइरहेकाले सडक वर्षाका कारण चिप्लो भएकाले  जीप दुर्घटना भएको हुनसक्ने उनले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments