रामपुर नहरको पर्खाल भत्कियो

शुक्रबार, साउन ३, २०७६



बझाङ । जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर अहिले धान रोप्ने समयमा भत्किन पुगेपछि कृषक चिन्तित बनेका छन् । विभिन्न भागमा निर्माणकार्य भइरहेका बखत नहरमा एक्कासि ठूलो पानी छाडेकाले बन्दै गरेको पर्खाल भत्किन पुगेको हो ।

गत वैशाखको पहिलो हप्ताबाट मर्मतकार्य शुरु भएको मूल नहरको रजघरा क्षेत्रमा करीब ८० मिटर पर्खाल भत्किएको छ । समयमा निर्माण नगर्ने तथा आलटाल गरेर बस्ने, अन्तिममा आएपछि ठेक्का आह्वान गरेर काम गराउने परिपाटीले काम पूरा गर्ने समयको अभावले नहर क्षति हुन पुगेको स्थानीय पिताम्बर गौतमले बताए ।
“बजेट नै ढिला निकासा गर्ने, ठेकेदारले त काम गरिरहेका छन् तर पर्खाल ढलान गरेपछि एक÷दुई दिन पनि पूरा सुक्न नपाउँदै ह्वात्तै पानी सञ्चालन गरिएकाले नहर भत्किन पुगेको छ” उनले भने । प्रदेश नं ५ भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत रु १० करोड बोलपत्र आह्वान भएकामा रु सात करोड ४१ लाखको लागतमा नहर मर्मतको कार्य शुरु भएको हो ।

ल नहरको दुई हजार ८०० मिटर बढी आरसीसी पर्खालसहितको ढलान, तीन हजार ३०० मिटर बढी शाखा नहरको मर्मतका लागि छ शाखामा विभाजन गरी तीन निर्माण कम्पनीले खुला प्रतिस्पर्धाबाट रु सात करोड ५१ लाखमा ठेक्का लिएर काम गरिरहेका छन् । मूल नहरको ६६० मिटरको शाखा नं २, ७९१ मिटर शाखा नं ४ र साना कल्भर्टसहितको शाखा नं ६ र ७ ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सनले जिम्मा लिएर मर्मतको काम गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata