बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल टुंग्याउँदै

सोमवार, बैशाख ३१, २०७५



काठमाडौँ । आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफल साेमबार सकिने भएको छ । संघीय संसद् सचिवालयले छलफललाई साेमबार सक्ने तयारी गरेको  छ ।

छलफलमा उठेका सवालको जवाफ विभागीय मन्त्रीले दिनेछन्। आज बस्ने बजेदेखि छलफल सुरू हुन लागेको प्रतिनिधिसभा बैठकले आज सो छलपफल टुंग्याउनेछ । छलफलमा भाग लिन नाम लेखाउने सांसदमध्ये अझै ३० भन्दा बढीले बोल्न बाँकी रहेको सचिवालयले जनाएको छ।

छलफलको क्रम सकिएपछि अर्थमन्त्री डा.युवराज खतिवडाले जवाफ दिनेछन्। मन्त्रीको जवाफसँगै उक्त ‘प्रि(बजेट’ छलफल टुंगिनेछ।

यही वैशाख २६ गते अर्थमन्त्री खतिवडाले पेस गरेको सिद्धान्त र प्राथमिकतामा दुई दिन छलफल भइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण छलफल दुई दिन स्थगित भएको थियो। छलफल लम्बिँदा नीति तथा कार्यक्रम पेस गर्ने समयतालिका पनि हेरफेर भएको छ।

 

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank