यी हुन्- बहुउपयोगी बेल अर्थात् श्रीवृक्षको १० फाइदा !

आइतवार, साउन ५, २०७६



काठमाडौं । बेल अर्थात् श्रीवृक्ष भगवान शिवको प्रिय वनस्पति हो । शिवको पूजा गर्दा बेलको पात अर्थात बेल पत्र अनिवार्य चाहिने गर्छ । तीन जन्मको पाप नाश गर्नको लागि त्रिनेत्ररुपी भगवान शिवलाई तिन पत्ता भएको बेल पत्र, जुन सत्व, रज, तमको प्रतिक हो ।

आयुर्वेदमा बेललाई स्वास्थ्यप्रद फल मानिएको छ ।  पाकेको बेल रुचिकर, मधुर, पाचक तथा शीतल फल हो । बेलपत्रको रस दिनहुँ एक चम्चाको दरले पिउने गरेमा दमको रोग, खोकी लागेको, छाती दुखेको, साथै ज्वरो आएको निको हुने गर्छ ।

पेटसम्बन्धी विकारमा बेल खानु निकै लाभदायक मानिन्छ । यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो पाचनका लागि धेरै लाभदायी हुन्छ । यति मात्र नभई, बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ । यसको नियमित सेवनले कब्जियत जरोदेखि नै समाप्त हुने मान्यता छ ।

Bel_Patra_128679_730x419

श्रीवृक्षसँग जोडिएको धार्मिक विश्वासहरु :

१. बेललाई  श्रीवृक्षको नामले जानिन्छ । बेलको जरालाई नित्य पुजा गर्नुले माता लक्ष्मीको साक्षात्कार हुने जनविश्वास रही आएको छ ।

२. श्रीवृक्षलाई पवित्र मनले पुजा गरेमा दरिद्रता हट्ने छ । शिवभक्तले  घिउँ, खीर, मिष्ठान दान गर्दा  धनलाभ हुने छ ।

३. श्रीवृक्षलाई नित्य पुजा गर्दा सबै प्रकारको पाप मुक्त हुनेछ भने भगवान शिवको कृपा प्राप्त हुने छ ।

४. फूल, धतुरो एवं पाती चढाएर बेलको रुखलाई पुजा गर्दा सन्तानलाभ हुनेछ । साथै सुखशान्ति पनि घर भित्रिने छ।

५. बेलको जराको माटो आफ्नो निधारमा लगाउँदा तिर्थयात्राको सम्भावना बढ्छ ।

६. बेलपत्रलाई पिधेर सफा पानीमा उमालेर पिउँदा शरीर र मन दुवै स्वस्थ रहन्छ । विभिन्न रोग निदानका लागि आयुर्वेदिक औषधिको रुपमा यसलाई अमृत समान हेरिन्छ ।

७. जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ ।

८. अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।

९. बेल पत्रमा चन्दन या अष्टगंधले ऊँ, शिव पञ्चाक्षर मन्त्र या शिवको नाम लेखेर चढाएमा सबै मुश्किल इच्छाहरु पनि पूरा हुने विश्वास गरिन्छ ।

१०. बेल पत्र चढाउनु भनेको एक करोड कन्याको कन्यादानको फल समान हुने आम विश्वास  रही आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata