सार्वजनिक यातायातको भाडादर तत्काल नबढाउने

शुक्रबार, जेष्ठ ३१, २०७६



काठमाडौं । सरकारले तत्कालका लागि सार्वजनिक यातायातको भाडादर नबढाउने भएको छ  । असार १ गतेदेखि लागू हुने गरी बिहिबार दिउँसो  ३ बजे भाडा बढेको घोषणा गरेको सरकारले केही घन्टा नबित्दै सरकारले फिर्ता लिएको छ । भाडादर बढाउने सम्बन्धमा भएको निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अर्को सूचना नआएसम्म तत्काल भाडादर लागू नहुने भन्दै राति ८ बजे यातायात व्यवस्था विभागले अर्को सूचना सार्वजनिक गरेको छ ।

यसका साथै विभागले असार १ गतेदेखि लागू हुने भनेको काठमाडौं उपत्यकाको रिङ रोडभित्र मालबाहक सवारीमा रोक, काठमाडौं उपत्यकामा रात्रिकालिन बस सेवा र सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनमा तोकिएको नयाँ भाडादर तत्काल लागू नहुने बताएको हो ।

अधिकतम् १२ प्रतिशत भाडा बढाएको यातायात व्यवस्था विभागले ट्याक्सीको हकमा पहिलो एक किलोमिटरमा ५० रुपैयाँ र्निधारण गरेको थियो । त्यसपछिको प्रति दुई सय मिटरमा ८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको थियो । यातायात व्यावसायीले पर्याप्त छलफलबिनै भाडा बदाइएको भन्दै आन्दोलनको तयारी गरिरहेका थिए । आन्दोलनको जानकारी पाएपछि र मन्त्रालयको ठाडो निर्देशनमा यातायात विभागले राती नै भाडा वृद्धि फिर्ता लिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata