नदीहरूको बहाव बढ्दै

शनिबार, असार १३, २०७७



काठमाडौं । शनिबार देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थान प्राधिकरणका अनुसार शनिबार ४० भन्दा बढी जिल्ला वर्षमा भएको छ । वर्षाको कारण नदीहरूको बहाव बढ्ने अनुमान गरिएको छ ।

प्राधिकरणका अनुसार कोसी, नारायणी र कणाली नदीको बहाव बढ्दो छ । महाकाली नदीको बहाब भने शनिबार सामान्य घटेको छ । त्यस्तै, कन्काई, कमला, बागमी, पश्‍चिम राप्ती नदीको बहाव बढे पनि सतर्कता तहभन्दा तल रहेको बताइएको छ । यी नदीहरूको केही सहायक खोला तुलनात्कम रूपमा बढ्ने भएकोले सतर्क रहनको लागि आग्रह गरिएको छ ।

वर्षाको कारण २ सडकखण्ड अवरुद्ध भएको पनि प्राधिकरणले जनाएको छ । जसमा जोमसोम र अरनिको राजमार्ग रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments