बंगलादेशका राष्ट्रपति हमिदको आजको कार्यतालिका

बुधबार, कार्तिक २७, २०७६



काठमाडौं । चार दिने  नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बुधबार) उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुनेछ । साथै राष्ट्रपति भण्डारीले बंगलादेशी राष्ट्रपति हमिदको सम्मानमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम  पनि रहेको छ ।

रात्रिभोजअघि बंगलादेशका राष्ट्रपति हमिदसँग दिउँसो सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ बजेर ४० मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओली, २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी बिहान ११ बजेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहान १०ः५० मा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata