चालकद्वारा आफ्नै छोरा किचिए !

आइतवार, साउन ५, २०७६



बागलुङ । बागलुङको  काठेखोला गाउँपालिका–१ स्थित मनाङडाँडामा गएराति जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।

ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा आफनै छोरा सात वर्षीय सलिन थापालाई किच्न पुगेका हुन् ।  राती करिब ८ बजे भएको घटनामा घटनास्थलमै बालक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासी बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata