दोस्रो बागेश्वरी गोल्डकप २०१८ को तयारी तीव्र

बिहिबार, भदौ ७, २०७५



बाँके । दोस्रो बागेश्वरी गोल्डकपको तयारी तीव्र पारिएको छ । बाँके बर्दिया मैत्री समाजका अध्यक्ष सुशील मल्ल अनुसार गत बर्ष जस्तै यो वर्ष पनि गोल्डकपको तयारिमा समाज जुटेको जानकारी दिए ।

समाज यस बर्ष भिन्नै नारा लिएर गोल्डकपको तयारिमा जुटेको समाजका अध्यक्ष  मल्ल जानकारी दिए । गरिब तथा असहाय बालबालिकाका निम्ति खेलकुद सामाग्री जुटाउन र पश्चिमको शान र पहिचानको लागि दोस्रो बागेश्वरी गोल्डकप २०१८ आयोजना गर्न लागेको उनले बताए । बाँके बर्दिया मैत्री समाजका अध्यक्ष मल्लका अनुसार गोल्डकपको सम्पुर्ण तयारी पूरा भैसकेको छ ।

प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो हुने टिमले क्रमश ५ लाख १० हजार , २ लाख १०हजार र ५१हजार नगद धनराशि सहित ट्रफी प्राप्त गर्ने छन् । दोस्रो बागेश्वरी गोल्डकपलाइ पूर्व राष्टिय खेलडी बसन्त गौचन ,काभ्रेली समाज जापान , अछाम सरोकार मन्च जापान, हाइजिमा युथ क्लब, किरात राई यायोख्खा जापानले समेत आयोजनामा सहयोग गर्दै छ । प्रतियोगिता यहि सेप्टेम्बर ३० का दिन आयोजना हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments