पाकिस्तानले भारतीय पाइलट ‘वागाह–अतारी’ चेकपोष्टमार्फत रिहा गर्ने, सिधै भारतलाई नसुम्पने

शुक्रबार, फाल्गुन १७, २०७५



भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वार्थमानलाई पाकिस्तानले ‘शान्तिको सन्देश’ स्वरुप शुक्रबार वागाह–अतारी चेकपोष्टमार्फत रिहा गर्ने हिन्दुस्तान टाइम्सले बताएको छ । पाकिस्तानको सीमा क्षेत्र उल्लंघन गरेको भन्दै उनलाई दुई दिनअघि पक्राउ गरिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहिबार विंग कमान्डर अभिनन्दन वार्थमानलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका थिए ।

उनलाई रावलपिन्डीबाट लाहोरसम्म पाकिस्तानी अधिकारीले ल्याउनेछन् र जेनेभा सन्धीको नियम अनुसार इन्टरनेशनल कमिटी अफ रेड क्रस (आइसिआरसी) लाई सुरुमा सुम्पिइनेछ । त्यसपछि मात्र उनलाई चेकपोस्टमा हस्तान्तरण गरिनेछ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments