बाढी प्रभावित क्षेत्रमा सरुवा रोग फैलने त्रास

मङ्लबार, असार ३१, २०७६



काठमाडौं । गत असार २४ देखी परेकाे अविरल वर्षासँगै आएको बाढी पहिरोले देशका थुप्रै ठाउँमा ठूलो जनधनकाे क्षति भएको छ ।

अविरल वर्षासँगै देशका २८ जिल्लामा बाढीका कारण पिउने पानीका स्रोतहरु समेत दुर्गन्धीत बनेका छन । बाढीले विशेष गरि तराईका जिल्लाहरुमा अत्यधिक मात्रामा प्रभावित गरेको छ । बाढीका कारण हालसम्म ६९ जनाको ज्यान जानुका साथै ३८ जना घाइते भएका छन । मृत्यु हुनेमा २८ जना महिला र ४१ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको तथ्याङक अनुसार बाढीमा परि ३८ जना घाईते भएका छन । घाइते मध्य १७ महिला र २१ जना पुरुष रहेको छन भने ३० जना बेपत्ता भएका छन । जसमध्ये १२ महिला र १८ पुरुष रहेको नेपाल प्रहरीले जनाएको छ । वाढीमा फसेका १४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ ।

बाढी पहिरो र डुबानका कारण थुप्रै पशुहरु समेत मरेका छन । जसका कारण दुर्गन्ध फैलदै गएको छ । स्वास्थ्य सेवा विभाग महामारी व्यवस्थापन शाखाका प्रमुख डा. प्रकाश शाहका अनुसार, प्रभावित क्षेत्रमा सरुवा रोगको जोखिम उच्च रहेको जनाएका छन । उनका अनुसार झाडापखाला,जण्डिस ,हैजा, हेपाटाइस,औलो,डेंगु र कालाजार लगायतका रोगहरुको जोखिम बढेको छ ।

तराईका प्रभावित क्षेत्रमा सर्पदंसको समेत जोखिम बढेको छ । शुद्ध पिउने पानीको अभावका कारण उक्त क्षेत्रमा संक्रमणको जोखिम उच्च रहेको चिकित्सकले जनाएका छन ।

उद्धार र राहत उचित समयमा नपाउँदा स्थानीयबासीले दुखेसो पोखेका छन । बाढी पहिरोबाट १६ हजार ५२० परिवार विस्तावित भएका छन भने १३ वटा राजमार्ग अबरुद्ध बनेका छन । प्रभावित क्षेत्रमा तत्काल संवेदनशिलतालाई मध्यनजर गर्दै जोखिम कम गर्न सम्बन्धीत निकायको ध्यान जान जरुरी देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata