कार्यक्रममा जंकफूड निषेध

शनिबार, चैत्र १७, २०७४



बाजुरा ।  वडा भित्रका कुनै पनि कार्यालयमा कार्यक्रम गर्दा जंकफूडलाई खाजाको रुपमा खान निषेधित गरेको छ । बडिमालिका नगरपालिका वडा नम्बर ७ मा शनिबार बसेको सर्वदलिय बैठकको निर्णयले वडा भित्रमा हुने कुनै पनि कार्यक्रममा जंकफूड खानबाट रोक लगाएको हो ।

जंकफूडले मानव स्वास्थ्यमा खतरा बढेको र स्थानिय पोषिला खाध्यान्न बालीहरुलाई प्राथमिकता नदिएकाले जंकफूडमा रोक लगाएको वडा नं ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले नेपालीपाटिलाई जनाएका छन् । वडा कार्यलयमा लागू भएका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुका कार्यक्रममा जंकफूड खानु हुन्न भन्ने तर खाजाको रुपमा जंकफूड नै दिने गर्दा व्यबहारीक रुपमा लागू नभएको वडावासीहरुले गुनासो गरेका छन् ।

वडा स्तरमा गर्ने कार्याक्रममा खुवाउने खाजा अब अनिवार्य रुपमा स्थानिय परिकार हुनुपर्ने निर्णय गरेको वडा अध्यक्षले पाध्यायले जनाएका छन् । यस्तै वडामा संचालित सम्पूर्ण योजनाहरु बैशाख २० गते भित्र अनिवार्य रुपमा सम्पन्न गरिसक्नु पर्ने निर्णय समेत गरिएको छ । स्थानिय योजनाहरुमा पछिल्लो समयमा जनश्रमदान नगर्ने गरेकोले लाभान्वित समुदायले अनिवार्य एक दिन जनश्रमदान गर्नु पर्ने निर्णय लगायतका निर्णय गरेका छन् ।

वडामा हाल सम्म भएका गतिबिधि र वडा समितिको निर्णयका बारेमा वडामा क्रियाशिल राजनितिक दल, सरोकारवाला निकायसंग समीक्षा गरिएको छ । सर्वदलिय बैठकमा राजनीतिदलले वडाले गरेका निर्णय जनमुखि र पारदर्शी भएकोमा धन्यवाद ज्ञापन गरेका छन् । बैठकमा जिल्लास्तरमा प्रतिनिधित्व गर्ने तथा वडा स्तरका अगुवा राजनितिक दलका नेता तथा कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।

103 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank