तेस्रो बडिमालिका कप सुरु

सोमवार, कार्तिक १२, २०७५

- प्रमित वि.क



बाजुरा । बडिमालिका युथ क्लव मार्तडीले तेस्रो बडिमालिका कप पुरुष खुला फुटबल प्रतियोगिता सुरु भएको छ । विजया दशमी तथा शुभदिपावलीको अवसरमा बडिमालिका युथ क्लबले बाजुराको सदरमुकाम मार्तडीमा तेस्रो बडीमालिका कप पुरुष फुटबल प्रतियोगीता संञ्चालन गरेको हो ।

‘म बदलिन्छु, मेरो देश बदलिन्छः असाहय र आश्रय विहिनको बालवालिकाको भविष्य सप्रिन्छ’ भन्ने मुल नाराका साथ क्लबले सेभेन ए साईड फुटबल प्रतियोगीताको आयोजना गरिएको क्लबका अध्यक्ष विरेन्द्र बोहराले बताए ।

उक्त फुटबल प्रतियोगिताको आईतबार प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले एक औपचारिक कार्यक्रमका बीच प्रतियोगिताको उद्घघाटन गरेका हुन् । आयोजक क्लबका अनुसार प्रतियोगीतामा जिल्लाका ९ वटै स्थानीय तहका २२ वटा टिम सहभागी रहेको जनाएको छ ।

game

 

खेल यहि कार्तिक १५ गते सम्म संचालन गरिने भएको छ । उक्त खेलमा प्रथम हुने खेलाडी टिमलाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रो हुने टिमलाई ३० हजार नगद पुरस्कार सहित मेडल प्रमाण पत्रको व्यवस्था गरेको आयोजकले बताएको छ । खेल संचालन सदरमुकाम मार्तडीमा रहेको मालिका माद्यामिक विद्यालयको प्राङ्गणमा संचालन भइरहेको छ ।

133 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank