बाढी पहिरोमा परि देशभरमा ४९ को मृत्यु

बाढीको विपत्ति

आइतवार, साउन २९, २०७४

loading...


काठमाडौं । अविरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभरीा हालसम्म ४९ जनाको निधन भएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रमा औषधी सहितको स्वास्थ्य टोली पुर्याउने, यातायात सुचारु राख्ने, आपुर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने निर्णय गरेको छ ।

खोज तथा उद्धारका लागि हेलिकोप्टर, मोटर वोट, र्याफटिङ वोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले प्राप्त गरेको विवरण अनुसार बाढी पहिरोमा परि निधन हुनेमा सन्धुलीमा ४, सुनसरीमा ८ ,बाँकेमा ४ ,बारा १ ,सर्लाही २ ,मोरङ ५ ,धनुषा १ बर्दिया १  झापा ३ मकवानपुर ६ रौतहट ८ पाँचथर १ दाङ २ पाल्पा १ कपिलवस्तु १ सुर्खेत  चितवन १ छन ।

अन्य विवरण आउन बाँकी रहेको गृहमन्त्रालययले जनाएको छ ।

265 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv