पूर्वी क्षेत्रमा बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह
शुक्रबार, जेष्ठ ३१, २०७६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज(शुक्रबार), शनिबार र आइतबार देशको पूर्वी क्षेत्रमा मौसम बदली सहित वर्षा हुने जनाएको छ । साथै बाढी पूर्वानुमान महाशाखाले त्यस क्षेत्रमा नदीहरुमा वहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘‘प्रदेश १ को चुरे तथा पहाडी क्षेत्रका ससाना नदीहरुमा वहाव बढ्न सक्ने हुँदा तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको छ ।’’
आगामी तीन दिन ठूला तथा मझौला नदीहरुमा भने कुनै ठूलो वहावको सम्भावना नरहेको जनाइएको छ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments