बाढी थाहा पाउन पार्वती

आइतवार, भदौ १, २०७६



‘हेलो, … हजुर ! म पार्वती नै हो। कर्णालीमा बिहान ८ बजे ६.८ मिटर मात्रै छ। अहिले आत्तिनु पर्दैन, मैले माथि पनि सोधेको छु। हवस् नमस्कार !’

पानी परेको दिन। कर्णाली नदीमा धमिलो पानी बगेको दिन। बादल लागेर आकाश मडारिएको दिन। यही आवाज कैयौंपल्ट सुनिन्छ। आवाज हो कर्णालीकी गेज रिडर पार्वती गुरुङको।

सानो कोठा। दुई थान टेबुल। एउटा काठको र दुई वटा प्लास्टिकका कुर्सी। भित्तामा एकातिर बर्दियाको बाढी प्रभावित समुदाय र सरोकारवालाको नाम–टेलिफोन नम्बरसहितको सूची, अर्कोतिर कैलालीका बाढीपिडितको सूची। कुर्सीमा बसेर रजिस्टर पल्टाउँदै टेलिफोनमा व्यस्त हुन्छिन् बाढी पूर्वानुमान शाखाको सूचना केन्द्रमा कार्यरत गुरुङ।

५० नाघेकी गुरुङले २६ वर्षदेखि दैनिक बिहान ८ बजे, दिउँसो १२ बजे र अपराह्न ४ बजे यही कोठाबाट समुदायलाई बाढीबारे सूचना दिँदै आएकी छन्। लम्कीचुहा नगरपालिका–३ चिसापानीकी गुरुङ भन्छिन्, ‘सामान्य दिनमा दिनको तीन पटक पानीको सतह हेरे पुग्छ भने पानी परेको दिन हरेक घण्टा हेरेर सूचना दिनुपर्छ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata