पूर्व मुमा बडामहारानी रत्न शाह ९१ औँ वर्षमा

बुधबार, भदौ ४, २०७६



काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह आजदेखि ९१ औं वर्षमा लागेकी छन् । हाल थाइल्याण्डमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले उनको जन्मोत्सवमा ट्विटर मार्फत् शुभकामना दिएका छन् । उनले शुभकामना सन्देशमा रत्नको असाधारण जीवन धेरै वर्षदेखि चम्किलो उदाहरण भएको जनाएका छन् ।

रत्न  शाह (जन्म १९८५ भदौ ०४ गते ) २०११ देखि २०२८ सम्म नेपाल को बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुन् । उनी राजा महेन्द्र वीर विक्रम शाह (१९२०–१९७२) को दोश्रो पत्नी थिइन् ।

राजतन्त्र बिदा हुनुअघि तत्कालीन मुमा बडामहारानीको जन्मोत्सवको रुपमा बाल दिवससमेत मनाउने गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata