बाबुराम एमाले-माओवादी एकीकरणमा फेरि जोडिने !

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई एमाले माओवादी एकीकरणमा समायोजन हुने गरि छलफल सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनले पार्टी एकतामा सहभागि हुनेगरि छलफल गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक भट्टराईबीच शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा छलफल भएको छ ।

एमाले र माओवादीबीचमा चलिरहेका एकीकरण र भट्टराई नेतृत्वको नयाँशक्ति पनि सहभागि हुने विषयमा छलफल भएको थियो ।
चुनावअघि गोरखाको निर्वाचन क्षेत्रका विषयमा कुरा नमिल्दा भट्टराई एकीकरण प्रक्रियाबाट बाहिरिएका थिए । भट्टराईलाई दिने सम्मानजनक हैसियतका विषयमा कुरा मिले भट्टराई एकीकरणमा आउन सकारात्मक रहेको स्रोतले बताएको छ ।

‘भट्टराईले व्यक्तिगत रुपमा पनि प्रचण्डलाई एकता प्रक्रियामा सुझाव दिइरहेका छन्’ स्रोतले भन्यो, ‘ शुक्रबारको छलफल भट्टराईलाई पनि एकता प्रक्रियामा सहभागि गराउनेमा केन्द्रित थियो । ’ शुक्रबार बिहानै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रचण्डले छलफल गरेका थिए ।

231 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank