फोरम सँगको एकता रहर हैन बाध्यता हो : डा. बाबुराम भट्टराई

बिहिबार, बैशाख २६, २०७६



काठमाडौं । नव गठित समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले फोरमसँग पार्टी एकता रहर नभएर बाध्यता भएको बताएका छन् । एक्ला एक्लै हिडेर  कहिँ नपुगीने  भएकाले फाेरमसँगकाे पार्टी एकता रहर नभइ बाध्यता भएकाे उल्लेख गरे ।

पार्टी एकतामा असन्तुष्ट बनेका नयाँ शक्ति नेपालका नेता कार्यकर्ताको ज्ञापनपत्र बुझ्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिक शक्तिलाई अझै सशक्त बनाउन पार्टी एकता गरेको स्पष्ट पारेका छन् । उनले भने, पार्टी एकताबाट वैकल्पिक राजनीतिको धार झन् बलियो र सशक्त भएको छ ।

तत्कालिन नयाँ शक्ति पार्टीका असन्तुष्ट कार्यकर्ताले पार्टी भित्र प्रयाप्त छलफल नगर्दै हतारमा पार्टी एकता गरेको भन्दै आरोप लगाए । उनीहरुले पार्टीको नाम,झण्डा र पदाधिकारीका बारेमा असन्तुष्ट रहेको जनाएका थिए ।

ज्ञापनपत्र जस्ताकाे त्यस्तैgappanpatra

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata