संविधान संसोधनमा मोर्चा छाडेर भट्टराईतिर उपेन्द्र

सोमवार, मंसिर १३, २०७३



काठमाडौं १३ मंसिर । पार्टी एकीकरणको समाचारलाई गलत भनेको नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र संघिय समाजवादीका अध्यक्ष उपेन्द्र यादव संविधान संसोधनमा एक ठाउँमा उभिएका छन् ।

राष्ट्रिय समस्याको ठोस समाधान हुने गरी संविधान संशोधनको माग गर्दै नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले संयुक्त वक्तव्य जारी गरेका छन् ।

सोमबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा।भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष यादवद्वारा जारी संयुक्त वक्तव्यमा ‘संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनुपर्ने’ माग गरिएको छ ।

मोर्चामा रहेका नेताहरुले उपेन्द्रको वक्तव्यलाई आश्चर्य मानेका छन् । प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था, राज्यका सबै अंगमा समानुपातिक र समावेशी हुुनुपर्ने, बहुभाषिक नीति, सयत्तता तथा संघीय न्यायपालिका हुनुपर्ने माग समेटेर संविधान संशोधन गर्ने माग गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यी महत्त्वपूर्ण राष्ट्रिय मुद्दालाई सम्बोधन नै नहुने गरी गरिने संशोधनले मुलुकको समस्या समाधान हुन नसक्ने मात्र होइन्, संविधानको स्वीकारोत्ती र कार्यान्वयन पनि हुन सक्दैन । अधिकारसहित सबैखाले विभेदको अन्त्य हुने गरी नेपालको संविधानलाई संशोधनद्वारा सच्याउनु पर्दछ ।’

naya-sakti-and-sanghiya-samajwadi-forum-statement

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments