किन जादैछन् बाबुराम भट्टराई भारत भ्रमण ? ( यस्तो छ कारण)

शुक्रबार, चैत्र ३०, २०७४



काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारत जाँदै छन् । संयोजक भट्टराई अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न भारत जान लागेका हुन् ।

भट्टराईले भारतमा पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिन भारत जान लागेका नयाँ शक्ति पार्टी एक नेताले जानकारी दिए । उनी भारतमा एक साता बस्ने कार्यक्रम तय भएको छ ।

भट्टराईले भारतका मुख्य–मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडूलगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्ने भएका छन् । त्यसक्रममा भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्ने कार्यतालिका रहेको नयाँ शक्ति पार्टीले जनाको छ । भट्टराई बैशाख ८ गते साँझ काठमाडौं आउने छन् । ।

112 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank