भारतसँगको खुला सिमाना र त्यहाँ भएका नेपालीको व्यवस्थापन गराैं: डा.भट्टराई

सोमवार, चैत्र १७, २०७६



काठमाडौँ । पूर्व प्रधानमन्त्री एव समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई कोभिड-१९ को जोखिम भनेको भारतसँग भएको खुला सिमाना रहेको बताएका छन् ।

सोमबार डा. भट्टराईले ट्विट गर्दै भनेका छन् । कोभिड-१९ को विरुद्धको विश्वव्यापी लडाइँमा नेपालको थप अभिभारा र जोखिम भनेको भारतसँगको खुला सिमाना भएको उल्लेख गरेका छन् । उनले खुला सिमानाको कारणले त्यहाँ भएका र नेपाल आउन चाहने नेपाली नागरिकहरूको व्यवस्थापन  भएको जनाएका छन् ।

यसको निम्ति सरकारले विशेष योजना बनाउनुपर्‍यो र भारतसँग संयोजन गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई ट्विट मेनसन गर्दै उनले दिल्लीस्थित दूतावास तात्नु पर्ने जनाएका छन् । राजदूत आचार्यले ट्विट मार्फत असुविधा छ, तर पनि जहाँ छौं त्यहीँ रहौं। सुरक्षित रहौं। सन्देश दिएका थिए ।

डा. बाबुराम भट्टराईकाे ट्विट

baburam g

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments