लकडाउनको समय बढ्न सक्छ, भोक भाइरसको बन्दबोस्त गर्न ढिला नगरौं: भट्टराई

बुधबार, चैत्र १२, २०७६



काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भोकमरी हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन ।

बुधबार ट्विट मार्फत डा. भट्टराइले देशको लकडाउन ७ दिनभन्दा बढी लम्बिनसक्ने उल्लेख गरेका छन ।

उनले लकडाउनको समय बढ्न सक्ने उल्लेख गर्दै कोरोना भाइरस संगसंगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगर्न सुझाव दिएका छन ।

ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्ने माग गरेका छन । संघको वित्तीय दायित्व,प्रदेशको अनुगमन,स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्ने बताउँदै सरकारलाई सुझाव समेत दिएका छन ।

हेर्नुहाेस ट्विट जस्ताकाे त्यस्तै

baburam

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments