विदेशमा बस्ने नेपालीहरुको सुरक्षा खोइ ? डा. भट्टराई

आइतवार, चैत्र ९, २०७६



काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटटराईले विदेशमा बस्ने नेपालीहरुको सुरक्षा बारे चासो व्यक्त गरेका छन ।

छिमेकी राष्ट्र भारत लगायत तेस्रो मुलुकमा रहेका नेपालीहरुको सुरक्षा संवेदनशिलतामा राज्य गम्भीर नभएको आरोप लगाएका न । आइतार टवटि मार्फत डा. भटटराईले भनेका छन । पचासौं लाख नागरिक विदेशमा,तिनले पठाउने वार्षिक नौ खर्बको भरमा अर्थतन्त्र,भारतसंगको खुला सीमाना आदि विशिष्ठताको सन्दर्भमा हाम्रो कोरोनाआतंक प्रतिरोधी नीति अरूको भन्दा अलि विशिष्ठ हुनुपर्ने हैन भन्दै प्रश्न गरेका छन ।

उनले खासगरी विदेशमा रहने नेपालीको सुरक्षा र उनीहरू लाखौंको संख्यामा स्वदेश फर्कदाको नीति खोइ भन्दै सरकारसँग जवाफ मागेका छन ।  विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको बेला सरकारले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा गर्नु पर्ने धारणा उल्लेख गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments