भागवण्डाको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन: डा.भट्टराई

बिहिबार, मंसिर १२, २०७६



दाङ । समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन ।

दाङमा आयोजित पत्रकार सम्मलनमा बोल्दै अध्यक्ष भट्टराईले दलहरुको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको आरोप लगाए ।  उनले साना माछालाई समातेपनि ठूला माछालाई समात्न नसक्ने भन्दै आलोचना गरे ।  ‘जनता प्रति पूर्ण उतरदायी हुनेगरी सर्वशक्तिमान लोकतन्त्रकाे व्यवस्था हुनुपर्नेमा जाेड दिए । प्रधामन्त्री लगायत सबैले गर्ने भ्रष्टाचार छानबिन गरेर भ्रष्टाचार रोक्नु पर्ने सुझाब दिए ।

देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नारा बाहेक जनताले केहि नपाएकाे बताउँदै  ‘ दुई तिहाई प्राप्त बहुमतको सरकारले देखिने गरि कुनै काम गर्न नसेकाे आरोप लगाए । उनले आफनो पार्टी नयाँ बैलक्पीक शक्तिका रुपमा उदयमान हुदै गरेको बताउँदै समुनत संघिय समाजवादसंग बिचार मिल्ने पार्टी र समूहसंग एकता गरेर वृहत ध्रुवीकरण गर्ने समेत बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata