एक वर्षसम्म अपराधी पत्ता नलाग्नु लज्जास्पद: पूर्व प्रधानमन्त्री भट्टराई

शुक्रबार, साउन १०, २०७६



काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले निर्मला पन्तका बलात्कारी हत्यारा पत्ता नलाग्नु लज्जास्पद भएको बताएका छन ।

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कार पछि हत्या गरिएको र अपराधी अझै पनि पत्ता नलागेको भन्दै सरकार प्रति कटाक्ष गरेका हुन । शुक्रबार विहान एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री भट्टराइले बलात्कारपछि हत्या भएको १ वर्ष पूराहुँदा अपराधीको अत्तोपत्तो नलाग्नु समकालीन नेपालको अत्यन्त लज्जास्पद घटना भएको उल्लेख गरेका छन ।

उनले झन् यस्ता घटना भइरहन्छन् भन्ने गृहमन्त्रीको भनाइले महिला अस्मिताप्रति हाम्रो राज्य समाज कति संवेदनहीन छ प्रष्ट भएको कुरा उल्लेख गर्दै निर्मला निम्ति न्यायको आवाज जारी राखौं भन्दै आव्हान गरेका छन ।

भट्टराइकाे ट्विट जस्ताकाे त्यस्तै

baburam

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments