मैले रिपोटिङ गर्न नसकेको एउटा कथा

loading...

बुधबार, माघ २६, २०७३

- बविता ढकाल



जन्म दिनको शुभकामना दिन फोन गर्दै उपहार के दिउँ भनेर सोध्दा, यसरी डिवोर्स माग्छन भन्ने पत्तै भएन ।

जेठ ११ गते मैले जव आफ्नो श्रीमानलाई जन्मदिनको शुभकामना दिन फोन गरें । तव उनले भने, “मलाई जन्मदिनको उपहार के दिन्छौ ?” मैले भने हजुरलाई के चाहियो त्यही दिन्छु । मैले त्यो भनिरहँदा मलाई लागेको थिएन कि उसले मसंग यस्तो उपहार माग्छ होला भनेर । उनले मलाई भने, “प्लिज मलाई डिभोर्स देउ, म तिमिबाट छुट्कारा चहान्छु ।” म छाँगाबाट खसेको जस्तो भए । उनले दोहोर्याए ‘मैले साच्चि भनेको यसपटक मजाक गरेको होइन ।’ त्यसपछि जवाफ दिने शब्द भेटिएन हातको मोवाइल हातबाटै खस्यो । कयौपटक ती शब्द उनको मुखबाट मजाकको शैलीमा निस्कि रहने गर्थे । तातो झिर झै कानमा बज्रिएका शब्दको जवाफ दिनु पो कसरी बहिनी ? जब मेरो श्रीमान मसंग छुट्काराको भिख मागिरहेका थिए, सपनाजस्तो लाग्ने त्यो सम्वाद वास्तविक थियो ।

२०६२ साल मंसिरमा हाम्रो विहे भएको थियो । त्यो पनि प्रेम बिवाह । हामी दुवैका घर परिवारलाई थाहा थिएन जव हामी बिवाह बन्धनमा बाधियौं । म १९ वर्षको थिए त्यती बेला, मेरो श्रीमान २३ वर्षका थिए । लाग्थ्यो यो संसारमा हामी जति सुखि र खुसि कोही पनि छैनन् । तर त्यो धेरै दिन टिक्न सकेन । कसैको आँखा लागे जस्तो । बिवाह भएको सुरुवाती सम्वन्ध जति सुमधुर थियो दिनहरु वित्दै जाँदा जिम्मेवारी बढ्दै गएपछि सम्वन्धमा त्यती नै दरार आउन थाल्यो । घरपरिवारको राजी बेगरको विहेमा परिवार त वेखुस थियो नै । घर छोडेर विदेश हानीएका मेरो श्रीमानलाई पनि बाहिरी हावाले छुन थालेको मैले पत्तै पाईन । जेन तेन धानेको सम्बन्ध कसरी सुमधुर बनाउने भनेर मैले सोच्दा सोच्दै मेरो श्रीमानको मनमा त अर्कैले डेरा जमाइसकेको रहेछ । यसरी मैले जन्मदिनको शुभकामना दिन फोन गर्दा उनले त मसंग नसोचेको उपहार मागे ।

लाग्यो वर्षौंदेखी उनलाई मैले कैद गरेर राखेको थिए । पिजँडामा थुनेको पन्छिले जस्तै फड्फडाएर उनले आजादीको भिख मागी रहेका थिए । म त्यो वेला यती निरिह भए मानौ म माथी ठुलो पहाड खसेको थियो । काखमा सानो बच्चा च्यापेर कहिले कता कहिले कता भौतारि रहेको देखेर पनि मेरो श्रीमानको मनमा म प्रति र आफ्नो वच्चाप्रति न त माया पलायो न त मानवता नै ।  ऊ बाहिरी संसारमा यति लिप्त भएको थियो कि उसलाई न त आफ्नो सन्तान देखाई दियो न म नै । जसलाई उसले प्रेम विवाह गरेर आफ्नो जीवनमा भित्राएको थियो ।

मैले श्रीमानले मलाई र आफ्नो सन्तानलाई लत्याएको देख्न नसके पछि २०७१ साल साउनमा जिल्ला अदालत ललितपुरमा अशं सहितको सम्बन्ध विच्छेतको मुद्दा दर्ता गराए ।  २०७२ साल भदौ १३ गते हामी श्रीमान श्रीमति कानुनी रुपमै अलग भयौं । शारिरीक रुपमा अलग त हामी हाम्रो सन्तान जन्मिने वितिक्कै भएका थियौं । तर कानुनी दायरमा हामी २०७२ साल भदौमा गएर अलग भयौं । माया र प्रेमले बाँधिएको सम्वन्ध कसरी घृणामा परिणत भई सम्वन्ध विच्छेदसम्मको दैलोमा आई पुग्यो पत्तोनै भएन । सायद धेरैलाई यस्तै हुँदो हो । मैले विना अवरोध उनको इच्छा पुरा गरे । एउटा पोखरीमा पौडीरहेका हामी अचानक नदीका दुई किनारा भयौ ।

जिल्ला अदालत ललितपुरमा भेटिएकी एक महिलालाई सम्बन्ध विच्छेद कसरी भयो ? भनेर एउटा प्रश्न सोधेकी थिए एकै श्वासमा कयौं उत्तर दिइन । बोल्दा बोल्दै उनको गाल अवरुद्ध भयो । आँखाको डिलबाट गुडुल्किदै झरेको आँशुको थोपा चौबन्दीचोलीभित्र छिर्यो । उनको कुरा भनिसकेपछि उनी सुक्कसुक्क गर्दै रुन थालिन म केही बेर मौन । डिभोर्स हुनुको सामाजिक कारण खोतल्न उनीसँगको सम्वादपछि ललितपुर अदालतसम्म पुगेकी मैले उनलाई अर्को प्रश्न सोध्नै सकिन । पिठ्युमा सुमसुमाए बाँकी रिपोटिङ नगरि कार्यालय फर्किए ।

2858 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom