पाशुपत क्षेत्रमा साधुबाबाहरूको चहलपहल

सोमवार, माघ २९, २०७४



काठमाडौँ । हिन्दुहरूको विशेष पर्व महाशिवरात्री नजिकिँदै छ । शिवरात्री मनाउन देश तथा विदेशबाट हजारौँको संख्यामा पशुपति क्षेत्रमा भक्तजन आउने गर्छन् । शिवरात्रीका बेला पाशुपत क्षेत्रमा तिर्थालु भक्तजनसँगै साधुबाबाहरूको पनि उत्तिकै घुइँचो लाग्ने गर्छ ।

शिवरात्रीको बेला बाबाहरू नेपालकै मात्र नभई भारतलगायतका मुलुकबाट पनि आउछन् । यसपालीको शिवरात्रीमा भारतलगायतका मुलुकबाट सयौँको संख्यामा बाबाहरू पशुपति आइसकेको र आउने क्रम जारी रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाबाहरू पशुपति भित्रिएसँगै चहलपहल ह्वात्तै बढेको छ ।

शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । फाल्गुण कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाईन्छ । मानिन्छ, सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ।

तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन्।

181 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank