डिश होम बाह्रखरी कथा प्रतियोगिता २०७७ को नतिजा आज सार्वजनिक हुने

सोमवार, असार ८, २०७७



काठमाडौं । बाह्रखरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता, ‘डिश होम बाह्रखरी कथा प्रतियोगिता २०७७’को नतिजा घोषणा तथा डिजिटल बुक आज  अपराह्न सार्वजनिक गर्ने भएको छ ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण सिर्जित असहज परिस्थितिमा कथा प्रतियोगिताका विजेता तथा उत्कृष्ट २५ मा पर्न सफल कथाकारहरुको नाम घोषणा गर्न, डिजिटल तथा अडियोबुक सार्वजनिक गर्न इन्टरनेटको माध्यमबाट भर्चुअल कार्यक्रम आयोजना गर्ने तयारी बाह्रखरीले गरेको हो ।  कथा प्रतियोगिताको निर्णायक मण्डलमा आख्यानकार नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङ तामाङ रहेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले एकलाख, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले ४० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । बाह्रखरी कथा प्रतियोगिताको पहिलो संस्करणमा बिना थिङ तामाङको ‘ब्याड भाले’ पहिलो, लक्ष्मण वियोगीको ‘टाउको’ दोस्रो र सुमित्रा न्यौपानेको ‘बार्दली’ तेस्रो भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments