काठमाडौं क्षेत्र नम्बर ८ मा वाम गठबन्धनको प्रचार आरम्भ, ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’

शुक्रबार, कार्तिक २४, २०७४

loading...


काठमाडौं ।काठमाडौंक्षेत्र नम्बर ८ मा वाम गठबन्धनले औपचारिक रुपमा प्रचार प्रसार कार्य आरम्भ गर्दै पुरानो इतिहास फर्काएरै छोड्ने दृढता व्यक्त गरेको छ ।

शुक्रबार काठमाडौं को डल्लु आवासमा गठबन्धनमा सहभागी दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यकर्ता भेला गरी विगतको विरासतलाई यसपटक कुनै पनि हालतमा फर्काएरै छोड्ने दृढता व्यक्त गरेका हुन । भेलामा दुवै दलका नेताहरुले वामपन्थीको मत विभाजनको फाईदा उठाउँदै आएको काँग्रेसलाई यसपटक हराउनै पर्ने विश्वासमा आफुहरु रहेको बताए ।

भेलामा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले देश र जनतालाई पराधिन बनाउने काँग्रेस सम्वृद्धि र विकासको बाधक भएकोले दुई वाम दल एक भएर जनता सामु आएको बताईन । उनले भनिन, ‘देशलाई गरिब बनाउने र सीमित व्यक्तीहरुलाई पोस्ने काँग्रेसबाट देशको विकास सम्भव छैन । त्यसैले अब स्थिरता, विकास र सम्वृद्धिका लागि वाम गठबन्धन बनाएका हौँ ।’

उपाध्यक्ष शाक्यले चुनाव लगत्तै वाम गठबन्धनको दुई तिहाई बहुमतको सरकार बन्ने र दुवै पार्टी एउटै झण्डामुनी अटाउने दावी गरिन । काठमाडौँ क्षेत्र नम्बर ८ को ख बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी उनले सम्वृद्धि र विकास आफुहरुको पहिलो लक्ष्य भएको स्पष्ट पारिन ।

कार्यक्रममा क्षेत्र नम्बर ८ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार जीवनराम श्रेष्ठले काँग्रेसले दुई कार्यकाल जित्दा पनि सिन्को सम्म भाँच्ने काम नगरेको बताए । उनले विगतमा वामपन्थी शक्तीको विरासत मानिएको क्षेत्र नम्बर ८ मा आफुहरुले पुरानो इतिहास फर्काएरै छाड्ने बताए । वाम गठबन्धन भित्र कुनै प्रकारको बेमेल नभएको भन्दै त्यसैका आधारमा फेरी जनताको आँखामा छारो हाल्ने काँग्रेस योजना सफल नहुने बताए ।

jiban
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सरिता महर्जनले दुई कार्यकाल जीतेको काँग्रेसले ८ नम्बर क्षेत्रका जनतालाई ढाँट्ने काम गरेकोले जनता परिवर्तनका पक्षमा रहेको जिकिर गरिन । वाम गठबन्धन चुनावका लागि मात्र नभएको भन्दै उनले पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरिन ।

कार्यक्रममा क्षेत्र नम्बर ८ क प्रदेशसभाका उम्मेदवार राजेश शाक्यले आफुहरु जनताको चाहाना अनुसार विकास र सम्वृद्धिको योजनासहित चुनावमा होमिएको बताए ।

वाम गठबन्धनले भोली देखि ८ नम्बर क्षेत्रमा औपचारिक कार्यक्रमसहित जनता माझ जाने बताएको छ ।

998 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv