५० दरका ४६ मिलियन अष्ट्रेलियन डलर कागजमा बदलियो !

बिहिबार, बैशाख २६, २०७६



अष्ट्रेलिया । अष्ट्रेलियामा लाखौँको संख्यामा निकालिएको ५० दरका अष्ट्रेलियन डलरलाई देशको केन्द्रिय बैंकले रोक लगाएको छ । भर्खरै छापिएको ४६ मिलियन अष्ट्रेलियन डलरमा अकल्पनीय टाइपोग्राफिकल त्रुटि भेटीएपछी केन्द्रीय बैंकले प्रिन्ट भएर हाल प्रचलनमा रहेका उक्त नोटहरू प्रयोगमा रोक लगाएको छ ।

अस्ट्रेलियाको संसदमा चुनिएकी पहिलो महिला सांसद एडिथ कोवान(१९२१-१९२४)को सम्मानमा निकालिएको ५० दरका ४६ मिलियन अष्ट्रेलियन डलरमा रिजर्भ बैंक अफ अष्ट्रेलियाले गरेको सिल्ली मिस्टेकको कारण विश्वभर चर्चाको विषय बनिरहेको छ ।

The word “responsibility” is spelt incorrectly.

गलत प्रिन्ट गरिएको “responsibility” शब्द

उक्त नोटमा “responsibility”को स्थानमा स्पेलिङ लेखाइमा सिल्ली मिस्टेक गर्दै “responsibilty”  लेखिएको कारण रिजर्भ बैंक अफ अष्ट्रेलियाका पदाधिकारीहरु विवादमा मुछिएका हुन् ।

The new Australian $50 note has a typo in the text.

नयाँ ५० दरका नोटहरुमा गरिएको सिल्ली मिस्टेक

उक्त नोटमा कोवानले संसदमा गरेकी भाषणको अंश राख्ने क्रममा भएको सिल्ली मिस्टेकको बाबजुद प्रचलनमा ल्याइएका नोटहरु रिजर्भ बैंक अफ अष्ट्रेलियाको प्रवक्ताले गल्तिलाई थप नलम्बाईने जनाएकी छिन् । यकिन रुपमा कति नोट बजारमा पुगेको छ भन्ने डाटा नभएको अवस्थामा सम्पूर्ण ५० दरका नोटहरु बजारबाट फिर्ता ल्याइने समेत उनले जनाएकी छिन् ।  साथै  अब छापिने नोटहरुमा सिल्ली मिस्टेक नहुने प्रतिबद्धता जाहेर गरेकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata