इन्डोनेसियामा शक्तिशाली भू-कम्प, अष्ट्रेलियादेखि पपुवा आइल्याण्डसम्म झट्का

सोमवार, असार ९, २०७६



एजेन्सी । दक्षिण पूर्वी एसियाली देश इन्डोनेसियाको तानिम्बार आइल्याण्ड स्थित बान्डा समुन्द्रमा आज(सोमबार) ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । उत्तर अष्ट्रेलियाका केहि स्थानमा पनि भू-कम्पको पराकम्पन महसुस गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्भे(युएसजीएस)को अनुसार २०८ कि.मि.(१२९ माइल) गहिरो भू-कम्पको  ७२० किलोमिटर पर रहेको अष्ट्रेलियाको डार्बिन सीटीमा समेत धक्क्का महसुस भएको छ । पपुवा आइल्याण्डमा धक्का महसुस भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

भू-कम्पको कारण शहरका घरहरु खाली गरिएको छ । यद्दपी देशको मौसम विभागका अनुसार सुनामीको भने कुनै खतरा रहेको छैन ।  भौतिक तथा मानव क्षतिको बारेमा विस्तृत विवरण आउन  बाकि छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank